मेहेलकुनामा निशुल्क दन्त स्वास्थ्य शिविर बस्दै, झण्डै १ दर्जन डाक्टरहरुले सेवा दिने

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोटको मेहेलकुनामा निशुल्क दन्त स्वास्थ्य शिविर बस्ने भएको छ। पुष २३ गते शनिवार सिटीहलमा एकदिने निशुल्क स्वास्थ्य शिविर बस्ने भएको हो।

शिविरमा दाँत, मुख गिजा र सौन्दर्य उपचार सम्बन्धी निशुल्क परामर्श र निशुल्क औषधि उपलब्ध गराईने छ। शिविरका लागि ११ जना डाक्टरहरुको टोली आउने भएको छ। यसरी शिविरमा सेवा दिन डा. सुरक्षा सिंह ठकुरी (MDS), डा. पूर्णप्रसाद शर्मा (MDS), डा. देवराज न्यौपाने (BDS), डा. सुनिता पुन(BDS), डा. सुरज राउत(BDS), डा. सुमन पुडासैनी(BDS), डा. बिमला खत्री(BDS), डा. आमिर खान(BDS), डा. दिक्षा देवकोटा(BDS), डा. सुमन न्हा श्रेष्ठ(BDS) र डा. स्वेता शर्मा(BDS) आउने बताईएको छ।

निशुल्क शिविरका लागि गुर्भाकोट नगरपालिका र गुर्भाकोट ग्यालरीको सहयोग रहेको छ। शिविरको आयोजना रेश्मा डेन्टल होमले गरेको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!