तनहुँ। विवेकशील साझा पार्टीको बन्दिपुर समिक्षा भेला सुरु भएकाे छ। विगतकाे समिक्षा र आगामी रणनीति तय गर्न विवेकशील साझाले पुष १५ र १६ गते बन्दिपुरमा समिक्षा भेला बाेलाएकाे हाे।
भेलाकाे पहिलाे सत्रमा पार्टीको बागमती प्रदेश समिति सह-संयाेजक बिमला अधिकारी घिमिरे, विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिका अध्यक्ष निर्वाचित रुस्तम अन्सारी र पार्टी अध्यक्ष समिक्षा बास्काेटाले सम्बाेधन गर्नुभएकाे छ।
भेला दाेश्राे सत्रमा प्रवेश गरेकाे छ। दाेश्राे सत्रमा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले समिक्षा आधार पत्र प्रस्तुत गर्नुभएकाे छ। दाेस्राे सत्रलाई पार्टीका केन्द्रीय सदस्यहरु उत्तम निराैला र आशुताेष प्रधानले संबाेधन गरेपछि भेला खुल्ला सत्रमा प्रवेश गर्ने छ।
खुल्ला सत्रमा देशभरका अगुवा सदस्यहरुले विगतकाे निर्मम समिक्षा र अबकाे बाटाे तय गर्ने विवेकशील साझाले जनाएकाे छ।
बन्दिपुर घाेषणा पत्र जारी गर्दै विवेकशील साझाकाे समिक्षा भेला शनिवार सम्पन्न हुनेछ।