Tuesday, January 21, 2025
spot_img

कर्णालीवासीलाई रवीन्द्र मिश्रका कार्यकर्ताको छुद्र टिप्पणी; कर्णालीमा अबुझहरू मात्र बस्छन्

काठमाडौं। राप्रपाका नेता रवीन्द्र मिश्र निकट कार्यकर्ता रोशन सिवाकोटीले कर्णाली र कर्णालीबासी प्रति छुद्र टिप्पणी गरेका छन्। सिवाकोटीले विवेकशील साझाको निर्वाचन प्रचार प्रसार समितिका संयोजक सूर्यदिप रेग्मीको फेसबुक पोस्टमा कर्णालीवासीलाई अपमानजनक टिप्पणी गरेका हुन्।

विवेकशील साझाको अफिसियल भाइबर ग्रुप विवेकशील साझा छोडेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रको समुहले कब्जा गरेपछि इकागज डटकमले प्रकाशन गरेको समाचार रेग्मीले आफ्नो फेसबुक टाइमलाइनमा शेयर गरेका थिए। रेग्मीले शेयर गरेको न्यूजलिंकमा प्रतिक्रिया दिदै सिवाकोटीले कर्णालीमा कुरा नबुझ्ने मान्छेहरु मात्र बस्ने गरेको टिप्पणी गरेका हुन्।

सिवाकोटीले रेग्मीलाई मेन्सन गर्दै लेखेका छन्; सुर्यदिपजी, एउटा भाईबर ग्रुप बनाउन पनि सक्ने मान्छे तपाईहरुको पार्टीमा बाकी नभएको हो कि यहीँ मौकामा कसरी हुन्छ हिलो छ्यापौ भन्ने अभिप्राय हो? भाइबर ग्रुप भनेको कुनै एउटा निजि मोबाइलमा बन्छ र त्यो सामान्य कुरा हो भन्ने आजकल धेरैले बुझेका छन ,कर्णालीतिर चै यो बुझेका छैनन होला है। 😂

रेग्मी कर्णाली प्रदेशको सुर्खेतका स्थायी बासिन्दा हुन्। उनी कर्णाली प्रदेशको बासिन्दा भएकै कारण पुरै कर्णालीको भूगोल र कर्णालीवासीको आत्मसम्मानमा आँच आउने गरि सिवाकोटीले टिप्पणी गरेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!