वडाध्यक्षको व्यक्तिगत पहलमा तीन लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिका वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्र बोटेचौरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। गुर्भाकोट ९ का वडाध्यक्ष ज्ञान बहादुर खत्रीको व्यक्तिगत पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामाग्री शुक्रबार एक कार्यक्रमकाबीच केन्द्रका प्रमुख नेत्रलाल खत्रीलाई हस्तान्तरण गरिएको हो।

खत्रीको पहलमा स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा डिजिटल विपी सेट, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर लगायतका सामाग्रीहरु रहेका छन्।

नगर स्वास्थ्य शाखाले आफ्नो सिमित बजेटमा काम गर्नुपर्ने भएकोले स्वास्थ्यसंस्थामा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन आफूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागमा अनुरोध गरि बोटेचौर स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री जुटाएको वडाध्यक्ष खत्रीले बताउनु भयो।

खत्रीले स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका अधिकांश स्वास्थ्य सामाग्री कोभिड प्रतिकार्यमा प्रयोग हुनेछन्। वडाध्यक्ष निर्वाचित हुनुअघि स्वास्थ्यकर्मी भएको नाताले पनि वडामा रहेको स्वास्थ्य केन्द्रले वडावासीलाई प्रवाह गर्ने स्वास्थ्य सेवामा आफ्नो चासो रहेको खत्रीको भनाई छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।