यस्तो बन्यो ऐतिहासिक चलचित्र ‘नालापानी’, टिजर हेर्नुहोस्

पढ्नै पर्ने

काठमाडौँ। तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीवार काठमाडौं एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेन्ड लम्बाईको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ । टिजरमा ब्याकग्राउन्ड स्कोर र युद्धका सिन जबर्जस्त छ । टिजरले दर्शकलाई चलचित्रप्रति लायालित बनाउने निर्माण पक्षको अपेक्षा छ ।

रिमेश अधिकारी निर्देशित चलचित्र सन १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो । टिजर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले अहिले र आगामी पुस्तालाई पिता पुर्खाले देशलाई कसरी कसैको बन्दक हुनबाट बचाएका थिए भन्ने सन्देश चलचित्रले दिने बताउनु भयो ।

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको हो । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।