सुर्खेत। गुर्भाकोटमा जातीय छुवाछुत र भेदभाव विरुद्ध छलफल सम्पन्न भएको छ। समता फाउन्डेसन नेपालको आयोजना र दलित मानव अधिकार रक्षकको समन्वयमा बिहीवार जातीय छुवाछुत र भेदभाव विरुद्ध छलफल कार्यक्रम सम्पन्न भएको हो।
छलफल कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नं. ८ सुन्दर नगर (दिप टोल) मा जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन,२०६८ को बारेमा छलफल गरिएको दलित मानव अधिकार रक्षक नवीन परियारले जानकारी दिनुभयो। दीप टोलको टोल बिकास समितिका अध्यक्ष प्रेम परियारको अध्यक्षतामा भएको छलफलमा जातीय विभेद विरुद्ध र छुवाछुत विरुद्धका कानूनी प्रावधानका विषयमा अन्तरक्रिया भएको थियो।
अन्तरक्रियामा टोलका झण्डै ४ दर्जन स्थानीयवासीको सहभागिता रहेको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।