आरम्भ समाचार प्रभावः बिजुलीका पोलमा टाँगिएका साइन बोर्डहरू हटाइयो

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका बिजुलीका पोलहरुमा टाँगिएका विभिन्न विज्ञापनजन्य साइन बोर्डहरू हटाइएको छ। सोमवार संविधान दिवसको अवसरमा बजार सरसफाइ कार्यक्रम सँगसँगै साइन बोर्डहरू हटाइएको हो। यसअघि भदौ ६ गते रेडियो आरम्भ ९७.५ एफ.एम.ले बिजुलीका पोलमा झुन्ड्याइएका अस्तव्यस्त साइन बोर्डहरूले गुर्भाकोट कुरूप हुँदै गएको समाचार प्रकाशन प्रसारण गरेको थियो।

सुन्दर गुर्भाकोटको कुरुप कथा शीर्षकमा समाचार प्रकाशन भएसँगै गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.कले रेडियो आरम्भसँग कार्यपालिका बैठकबाट निर्णय गराएर १ महिनाभित्र अव्यवस्थित साइन बोर्डहरु हटाउने प्रतिवद्धता जनाउनु भएको थियो। उपप्रमुख वि.क.को प्रतिवद्धता अनुरूप समाचार प्रकाशन प्रसारण भएको २७ दिनमै बिजुलीका पोलमा टाँगिएका साइन बोर्डहरु हटाइएको हो।

बजार क्षेत्रका बिजुलीका पोलहरुमा टाँगिएका र सडक क्षेत्रमा रहेका विज्ञापनजन्य सामाग्रीहरू मेहेलकुना प्रहरी चौकी, नगरपालिकाका कर्मचारी, मेहेलकुना बजार व्यवस्थापन समिति, मेहेलकुना पवित्रबजार टोल विकास समिति, गुर्भाकोट ग्यालरी र स्थानीयबासीले हटाएका हुन्। विज्ञापनजन्य सामाग्रीहरू हटाएपनि बिजुलीका पोलमा रहेका विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीका अव्यवस्थित तारहरू भने अझै हटाइएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!