गुर्भाकोटमा व्यावसायीक तरकारी खेती तालिम सुरु

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोटमा व्यावसायीक तरकारी खेती तालिम सुरु भएको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवारदेखि मेहेलकुनामा आफ्ना महिला सदस्यहरुलाई दुइदिने व्यावसायीक तरकारी खेती तालिम दिन सुरु गरेको हो।

तालिमको उद्घाटन गर्दै गुर्भाकोट ८ का वडाध्यक्ष किरण कुमार वि.कले वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप व्यावसायीक तरकारी खेतीको तालिम दिनु अत्यन्त प्रशंसनीय रहेको बताउनु भयो।

तालिममा संस्थाका ३० जना सदस्यहरु सहभागी छन्। सहभागीहरुलाई दुइदिनसम्म कृषि प्राविधिक सन्जित चौधरीले तालिम दिने संस्थाका कर्मचारी दिपक प्रसाद खनालले बताउनु भयो।
तालिमको उद्घाटन सत्रलाई संस्थाको केन्द्रीय कार्यालयका अनुगमन अधिकृत विष्णु कुमार विश्वकर्मा र गुर्भाकोट शाखा प्रमुख गिरिजा प्रसाद घिमिरे समेतले संवोधन गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।