गठबन्धनका नाममा काङ्ग्रेसलाई धम्क्याएर सबै लिन्छु भन्नु मुर्खता होः पूर्वमन्त्री गौतम

पढ्नै पर्ने


सुर्खेत। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाइ मन्त्री सञ्जय गौतमले गठबन्धनका नाममा काङ्ग्रेसलाई धम्क्याएर सबै सिट लिन्छु भन्नु मुर्खता भएको बताउनु भएको छ। नेपाली काँग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले बिहीवार गुर्भाकोटमा आयोजना गरेको जनताको साथमा नेपाली काँग्रेस अभियान अन्तर्गतको कार्यक्रममा बोल्दै गौतमले आगामी निर्वाचनमा गठबन्धनको आवश्यकता भने भएको बताउनु भयो।

एमालेले यो देशमा भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाउँदै नेता गौतमले झण्डै दुई तिहाइको नेकपा सरकारले राज्य सञ्चालन गर्न नसकेपछि बाध्य भएर प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गर्नुपरेको जिकिर गर्नुभयो।

देश सङ्घीयतामा जाँदा आफूले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्नु पर्ने भनेर बहस चलाएको र बर्दियाको ताराताललाई मुगुको रारातालमा जोड्नुपर्ने अभियान चलाएको गौतमको दाबी थियो। 

काङ्ग्रेसमा कार्यकर्तामा कुनै समस्या नभएको तर नेतामा भने समस्या भएको भन्दै नेता गौतमले काँग्रेस सच्चिनुको विकल्प नभएको धारणा राख्नु भयो। कर्णाली प्रदेशबाट प्रत्यक्षतर्फ जीवन बहादुर शाहीलाई मात्रै जिताएर मुख्यमन्त्री हात पार्यौँ भनेर फुइँ नलाउन र आगामी निर्वाचनमा सम्पूर्ण सिट जित्नेगरी निर्वाचनमा होमिन गौतमले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!