Sunday, April 14, 2024
spot_img

एमाले सुर्खेत १ (क) बाट ठम्मर विष्ट सर्वसम्मत उम्मेदवार सिफारिस

सुर्खेत। नेकपा एमालेले प्रदेश सभा सदस्य पदका लागि सुर्खेत १ ‘क’ बाट ठम्मर विष्टलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले सुर्खेत क्षेत्र नम्बर १ ‘क’ प्रदेश सभा समन्वय कमिटीको शनिवार मेहेलकुनामा बसेको बैठकले विष्टलाई मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। 

एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य चुडामणि शर्माको प्रमुख आतिथ्यता, सल्लाहकार परिषद सदस्य कमला शर्माको विशेष आतिथ्यता र समन्वय कमिटी संयोजक दिपा मल्लको अध्यक्षतामा सम्पन्न भएको बैठकले  प्रदेश सभा सदस्य उम्मेदवारको रुपमा विष्टको एकल नाम सिफारिस गर्ने निर्णय गरिएको एमाले सुर्खेतका सचिव कविन्द्र कुमार केसीले बताउनु भयो।

विष्ट यसअघिको निर्वाचनमा बाम गठबन्धनबाट प्रदेश सभा सदस्य निर्वाचित भई नेकपा विभाजनपछि प्रदेश सभाबाट राजिनामा दिएर एमाले प्रवेश गर्नुभएको थियो। 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!