सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. १ को क्षेत्रीय समितिले आसन्न प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरेको छ। बिहीवार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खड्काको एकल नाम सिफारिस गरेको हो।
यसैगरी समानुपातिकतर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको काँग्रेस जिल्ला कार्यसमिति सदस्य प्रचण्ड पोखरेलले जानकारी दिनुभयो।
उपसभापति खड्का ४८ सालदेखि नै सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचन लड्दै आउनु भएको छ। ६४ सालको संविधान सभा सदस्यका लागि भने खड्का समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुनुभएको थियो। खड्का अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाहीसँग पराजित हुनुभएको थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।