नगरपालिका संघ कर्णाली प्रदेशको संयोजकमा गुर्भाकोटका मेयर पुन निर्वाचित 

पढ्नै पर्ने

सूर्यदीप रेग्मीhttp://chiyamedia.com
रेग्मी कर्णाली पोस्ट डटकमका सञ्चालक/सम्पादक हुन।

सुर्खेत। नेपाल नगरपालिका संघ कर्णाली प्रदेशको संयोजकमा हस्त पुन निर्वाचित भएका छन्। कर्णाली प्रदेशका नगर प्रमुखहरूको बुधवार वीरेन्द्रनगरमा भएको भेलाले पुनलाई तदर्थ समितिको संयोजकका सर्वसम्मत निर्वाचित गरेको हो।

संयोजक पदमा सर्वसम्मत निर्वाचित पुन गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हुन्। 

कर्णाली प्रदेश अन्तर्गतका नगरपालिकाहरूमा सहकार्य, समन्वय र अनुभव आदानप्रदान गर्न नगरपालिकाहरूको हकहितका लागि सङ्गठित आवाज उठाउन पहिलो पटक भेला आयोजना गरि समिति गठन गरिएको हो।

समितिमा कर्णाली प्रदेश अन्तर्गतका दश जिल्लामा रहेका नगर प्रमुख/उपप्रमुखहरुको सहभागिता रहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।