सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले गुर्भाकोट नगरपालिकाको निरीक्षण गरेका छन्। मुख्यमन्त्री शाहीले शुक्रवार दिउँसो नगरपालिकाका कार्यालयको निरीक्षण गरेका हुन।
निरीक्षणका क्रममा मुख्यमन्त्री शाहीले स्थानीय सरकार जनताको चुल्होको सरकार भएको बताउँदै आम नागरिकलाई सहज र सुलभ सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिएको कार्यवाहक नगरप्रमुख मैना बिकले बताइन।
मुख्यमन्त्री शाहीले प्रदेश सरकार स्थानीय तह, जनप्रतिनिधि र कर्मचारीको वृत्तिविकासमा संवेदनशील रहेको समेत बताए।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।