याे शहर हाे साथी,
यहाँ भावना हुँदैन
माया हुँदैन
प्रेम र स्नेह हुँदैन।
याे शहर हाे साथी
यहाँ किनबेच हुन्छ,
सम्बन्धहरुकाे
आफ्नै भावनाहरुकाे।
यहाँ तिम्राे आफ्नै
परिचयकाे माेल ताेकिन्छ,
मुटुकाे मूल्य ताेकिन्छ
कलेजाे बिक्रि गरिन्छ,
याे शहर हाे साथी।
याे गाउँ हाेइन साथी,
तिम्रा लागि बाेलिदिने
बा आमा,
पल्लाघरे ठुला बा
तल्लाघरे साँइला दाइ,
मेलापातका दिदीबहिनी
अहँ काेही हुदैनन्।
याे शहरले तिमीलाई
विश्वास दिदैन,
भराेसा दिदैन,
दिन्छ त केवल
तिम्राे श्रमकाे न्यून मूल्य
अहँ, याे शहरले तिमीलाई
कहिल्यै पुरस्कार दिदैन।
याे शहर हाे साथी
याे तिमीलाई खरिद गर्छ।
बाँच्न सिकाउँछ,
मर्न बाध्य बनाउँछ,
याे शहर हाे साथी
मात्र आवरण देखाउँछ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।