जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

पढ्नै पर्ने

सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन्। प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।

सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।