गुर्भाकोटका मेयर पुन र उपमेयर वि.कद्वारा दोश्रो कार्यकालका लागि पदभार ग्रहण

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन र उपपमेयर मैना वि.क.ले दोश्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुभएको छ। नगर कार्यकालिकाको कार्यालय शुभाघाटमा बिहीवार एक कार्यक्रमकाबीच मेयर पुन र उपमेयर वि.क.ले पदभार ग्रहण गर्नुभएको हो।

पदभार ग्रहण गर्दै मेयर पुनले तीनओटा आदेशमा हस्ताक्षर समेत गर्नुभएको छ। गुर्भाकोट नगरपालिकालाई विकास र सुशासनको अनुभुती गर्न आर्थिक वर्ष २०७९÷८० देखि कार्यान्वयन गर्नेगरि र आगामी नगरसभाबाट अनुमोदन हुनेगरि तीन ओटा आदेशमा हस्ताक्षर गरिएको हो।

मेयर पुनले हस्ताक्षर गर्नुभएको आदेशमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखिएको छ। पुनले यस नगरपालिका भित्र रहेका असहाय तथा अनाथ बालबालिकाहरुलाई माध्यामिक तहसम्म आवासीय सुविधा सहित निशुल्क शिक्षा लागु गर्ने, नगरपालिका भित्रका विपन्न घरपरिवारहरुका लागि निशुल्क स्वास्थ्य विमा लागु गर्ने र नगरपालिकाको आन्तरिक राजश्वलाई व्यवस्थित गर्न एकिकृत कर व्यवस्थापन प्रणाली लागु गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको हो।

मेयर पुन र उपमेयर वि.क बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनी दोश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!