काठमाडौं। विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाकि उम्मेद्वार समीक्षा बास्कोटाले आफ्नो नेतृत्वमा बागमतीले पुनर्जीवन पाउने बताएकी छन्। बागमती सफाई महाअभियानले आइतबार आयोजना गरेको बागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरूसँग अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै बास्कोटाले क्लिन बागमती, ग्रिन करिडोर आफ्नो मुख्य एजेन्डा भएको बताइन।
बास्कोटाले राजधानीको फोहोर व्यवस्थापनको सुरुवात घरघरबाट गर्न सकिने धारणा राखिन। कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर व्यवस्थापन गर्नुपर्ने र कुनैपनि किसिमका ढल नालीहरु बागमतीमा मिसाउन नहुने बताइन।
राजधानीको फोहोरसँगै राजनीतिको फोहोरपनि सफा गर्न आफू उम्मेद्वार भएकोले बागमतीलाई आफू निर्वाचित भए पुनर्जीवन दिने बास्कोटाको दाबी थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।