काठमाडौं । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर पदका उम्मेद्वार कीर्ति तुलाधरले आफू पहिले नेपाली अनि मात्रै नेवार भएको बताएकी छन्। काठमाडौंको वडा नं २५ मा आयोजित चुनावी कार्यक्रमलाई संबोधन गर्दै तुलाधरले काठमाडौं नेवा: शहर भएपनि आफूलाई पार्टीले नेतृत्व क्षमताकै आधारमा उम्मेद्वार बनाएको बताइन।
तुलाधरले राजधानी शहरमा नेवा सभ्यताकै पुनर्जागरण गर्नुपर्ने भएकाले आफूहरु चुनावी अभियानमा होमिएको धारणा राखिन।
राजधानी शहरलाई सुरक्षित महिलामैत्री शहर बनाउने संकल्प साथ आफ्नो पार्टीले मेयर र उपमेयरमा महिला उम्मेद्वार खडा गरेको उनको भनाइ थियो।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।