Monday, October 7, 2024
spot_img

निर्देश सिलवालको अर्को कर्तुतः गोयबल्स शैलीको प्रचार गरेर रवीन्द्र मिश्रलाई गलाउने दाउ

विवेकशील साझा पार्टी भित्र आफूहरु बहुमतमा भएको र अध्यक्ष रवीन्द्र मिश्र अल्पमतमा रहेको मिडियाबाजी गर्दै हिडेका निर्देश सिलवालले झुटो बोलेको तथ्य फेला परेको छ। सिलवालले केही मिडियामा बाइट दिदै आफूहरु ९६ जनाले मिश्र विरुद्ध हस्ताक्षर संकलन गरि निर्वाचन आयोगमा बुझाएको दाबी गरेका थिए। तर निर्वाचन आयोय श्रोतले कर्णाली पोस्टलाई दिएको जानकारी अनुसार अध्यक्ष मिश्र विरुद्ध हस्ताक्षर गर्ने ४१ जना मात्रै रहेका छन्।

यो पनि पढ्नुहोस्।

निर्देश सिलवालः जो जालसाजी गरेर विवेकशील नेपाली दलको महासचिव बनेका थिए

सिलवाल समूहले निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर सूचीमा क्रमसंख्या ४४ सम्म भएपनि ३ जनाको नाम दोहोर्याएर लेखेको छ। यसरी एउटै सूचीमा दोहोर्याएर नाम लेख्नेहरुमा जमुना शर्मा, विराजभक्त श्रेष्ठ र सुनिल शाह रहेका छन्। नाम दोहोर्याएर हस्ताक्षर गर्ने मध्येकी शर्मालाई गण्डकी प्रदेशको संयोजक बनाउन नपाएपछि सिलवालले पार्टीभित्र गुटबन्दी गर्नथालेका थिए।

दोहोर्याएर हस्ताक्षर गर्ने मध्येका श्रेष्ठ विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेश सभा सदस्य समेत हुन।

यस्तै सुनिल शाह गत मंसिर १८ गते विवेकशील साझाले जावलाखेलमा आयोजना गरेको पार्टी एकिकरण घोषणा कार्यक्रममा विवेकशील साझामा प्रवेश गरेका हुन्। शाह जावलाखेलको सभामा ५०० बाइक सहित र्याली लिएर आउने र भव्य कार्यक्रम बनाउने प्रतिवद्धता जनाएर ११ वटा बाइक र आफू गाडी चढेर सभामा आएका थिए।

निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरको रेकर्ड हेरेपछि भने अध्यक्ष मिश्र विरुद्धको गुटबन्दीको नेतृत्व भीम अधिकारी र निर्देश सिलवालले नभई प्रदीप कुमार थापाले गरेको देखिन्छ। निर्वाचन आयोगमा बुझाईएको हस्ताक्षरमा थापाले पहिलो नंबरमा हस्ताक्षर गरेका छन्। थापा तिनै व्यक्ति हुन् जस्ले २०७४ मै रवीन्द्र मिश्र काठमाण्डौं १ मा निर्वाचन लडिरहँदा मिश्रलाई संयोजकबाट हटाउने भन्दै कोटेश्वरमा मिनी बखुन्डोल भनेर गुटको अभ्यास गरेका थिए।

निर्वाचन आयोगमा ९६ जना भनेर ४१ जनाको हस्ताक्षर गर्ने, त्यसमध्ये केही हस्ताक्षर किर्ते गरेको समेत पाईएको र पैसा तिरेरै गरिएको मिडियाबाजीले यो समूहले तर्साएर अध्यक्ष मिश्रलाई गलाउन सकिन्छ र पार्टी कब्जा गर्न सकिन्छ की भनेर प्रयासरत रहेको अनुमान गर्न सकिन्छ।

यी तथ्यहरुका आधारमा सिलवाल समूहले अहिले मिडियामा गोयबल्स शैलीमा प्रचारवाजी गरिरहेको र यही प्रचार र हुलहुज्जत गरेर मिश्रलाई गलाउने दाउमा रहेको बुझिन्छ।

हेर्नुस निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षर ( दोहोर्याएर हस्ताक्षर गर्नेलाई रातो घेरामा राखिएको छ।)

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!