उपसभापति खड्का काँग्रेसको चुनावी कमान्डर

पढ्नै पर्ने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । आज सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो।

बैठकले पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ। समितिका सदस्यहरु भने आपसी परामर्शबाट सभापति देउवाले चयन गर्ने बैठकपछि प्रवक्ता महतले बताए।

यसअघि, काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति को संयोजकको जिम्मेवारी दिएका थिए ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!