विवेकशील साझाका दुई प्रदेश संयोजक पदमुक्त, प्रदेश इन्चार्जहरु तोकियो

पढ्नै पर्ने

काठमाडौं। विवेकशील साझा पार्टीले दुईजना प्रदेश संयोजकलाई पदमुक्त गरेको छ। सोमवार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश नं. १ का संयोजक महेन्द्र थापा र कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहाललाई पदमुक्त गरेको हो। 

पार्टीलाई गम्भिर क्षति पुर्याउने क्रियाकलापमा संलग्न भएको, पार्टी भित्र गुटबन्दी गरेको र आसन्न स्थानीय तह निर्वाचनका लागि आफू मातहतका जिल्लाहरुमा रहेका निर्वाचन कार्यालयमा दल दर्ता नगरेको लगायतका विषयहरुका आधारमा हाललाई प्रदेश संयोजकको जिम्मेवारी हेरफेर गरिएको बैठकमा सहभागी एक नेताले बताए।

आजको बैठकले दुवै प्रदेश संयोजक पदमुक्त भएपछि रिक्त रहेको स्थानमा प्रदेश इन्चार्जहरु तोकेको छ। बैठकले प्रदेश नं. १ को इन्चार्जमा पार्टीका नेता प्रकाशचन्द्र परियार र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी कर्ण बहादुर शाहीलाई तोकेको छ।

प्रदेश नं. १ र कर्णाली प्रदेशमा पछि संयोजक चयन हुनेगरि तत्कालका लागि प्रदेशको नेतृत्व इन्चार्जहरुलाई सुम्पिएको विवेकशील साझाले जनाएको छ।

बैठकले ५ वटा प्रदेशका संयोजक समेत चयन गरेको छ। मधेश प्रदेशको संयोजकमा धनपति महतो, बागमती प्रदेशको संयोजकमा उज्वल कृष्ण श्रेष्ठ, गण्डकी प्रदेशको संयोजकमा सुशिला केसी अधिकारी, सूदुरपश्चिम प्रदेशको संयोजकमा दिनेश भण्डारी र अन्तर्राष्ट्रिय समितिको संयोजकमा एस.के श्रेष्ठलाई चयन भएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!