सुर्खेत। आसन्न स्थानीय तहको निर्वाचनलाई मर्यादित र शान्तीपूर्ण बनाउन सिम्तामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतको आयोजनामा बिहीवार सरोकारवालाहरूको बैठक बसी शान्ति सुरक्षासँग सम्बन्धित विषयमा छलफल गरिएको हो।
बैठकले शान्ति सुरक्षासँग सम्बन्धित विभिन्न ११ वटा निर्णय समेत गरेको छ। निर्णय अनुसार होटल, रेष्टुरेन्ट, मदिरा पसल लगायत अन्य पसलहरू समेत बेलुका साढे ८ बजेभित्र बन्द गरिसक्नु पर्ने छ।
यस्तै बाजी राखेर क्यारेम बोर्ड समेत खेल्न नपाइने भएको छ। सामान्य मनोरञ्जनका लागि खेलिने खेलहरू बाजी राखेर खेल्दा जुवा ऐन आकर्षित हुने भएकाले बाजी राखेर क्यारेम बोर्ड खेल्नु खेलाउनु गैरकानूनी भएको इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। सामान्य मनोरञ्जनका लागि बाजी नराखेर क्यारेम खेल्दा पनि अपरान्ह ५ बजे अगाडि नै खेल्न खेलाउन बन्द गरिसक्नुपर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको पनि प्रहरी निरीक्षक जोशीले जानकारी दिए।
प्रहरी निरीक्षक जोशीको अध्यक्षता र सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा बसेको सर्वपक्षीय बैठकले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउने निर्णय समेत गरेको छ।
इलाका प्रहरी कार्यालय बादेपिपलको नेतृत्व प्रहरी निरीक्षक जोशीले सम्हाले यता शान्ति सुरक्षा तथा उल्लेख्य सुधार भएको छ। केही समय अघिदेखि जोशी नेतृत्वको टिमले विभिन्न मुद्दाका फरार अपराधीहरूलाई पक्राउ गर्ने अभियाननै सञ्चालन गरेको थियो। सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेदेखि नै बादेपिपल प्रहरी विभिन्न खालका सुरक्षा योजनाहरू बनाइरहेको छ।
यस्ता छन् सर्वपक्षीय बैठकका निर्णयहरूः