पालिका, वडा र वित्तीय संस्थाको कार्यालय तोडफोड

पढ्नै पर्ने

सल्यान। कालीमाटी गाउँपालिका कार्यालय तोडफोड भएको छ। बिहीवार राति पालिकाको कार्यालय, पालिका नजिकै रहेको एक वित्तीय संस्थाको कार्यालय र वडा नम्बर ३ को कार्यालयमा तोडफोड भएको हो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीका अनुसार गाउँपालिकाको कार्यालयको ढोका फोडेर भित्रको दराज पनि खोलिएको छ। तोडफोड गर्ने व्यक्तिले नगद खोजेजस्तो देखिएको खत्रीले बताए। तोडफोड पछि पालिकाको सिसी टिभीको एलइडी मोनिटर फुटेको र एकथान कम्प्युटर मोनिटर हराएको पालिकाले जनाएको छ। 

वडा नम्बर ३ को कार्यालयमा भने एउटा ढोकासँगै एउटा सिसी क्यामेरा फुटाइएको छ। यस्तै गाउँपालिका नजिकै रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा समेत तोडफोड र चोरी भएको छ। गएराति नै संस्थाको कार्यालयको ढोका फोडी कार्यालय भित्रका दराज र टेबलका घर्राहरु समेत फोडेर  कार्यालयमा भएको झण्डै ३ लाख १५ हजार नगद चोरी भएको संस्थाको कालिमाटी शाखाका प्रबन्धक प्रदिप नेपालीले बताए। यस्तै रामपुर बजारको एउटा पसलमा समेत गएराति नै चोरी भएको छ। 

इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक ओपेन्द्र कुमार शाहीको नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए। खत्रीका अनुसार गएराति नै बिदामा गएका एकजना कर्मचारीको कोठा तोडफोड गरि लेडिज ब्यागमा  रहेको सुन समेत चोरी भएको छ। प्रहरीले हाल सिसिटिभी फुटेजको विश्लेषण गरि घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।