रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

पढ्नै पर्ने

एजेन्सी। रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!