मेहेलकुना मालपोतसँग सम्बन्धित काममा कमिसन रोक्न निरन्तर प्रयास, भू सेवामा नयाँ समिति चयन हुने

पढ्नै पर्ने

सुर्खेत। मालपोतसँग सम्बन्धित कामहरू गर्ने नेपाल लेखापढी तथा कानून व्यवसायी एशोसिएसन इकाई समिति मेहेलकुनामा अध्यक्ष बाहेकका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजिनामा दिएका छन्। यसअघि मालपोतसँग सम्बन्धित सबैखाले कमिसन रोक्न आलोपालो प्रणाली लागु गरेको समितिले अध्यक्ष भद्रप्रसाद जैसीलेनै सेटिङमा काम गरेको थाहा पाएपछि नयाँ कार्यसमिति चयन गर्न सामूहिक राजिनामा दिएका हुन्।

इकाई समितिका पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजिनामा दिएसँगै एशोसियसनले अब विशेष साधारण सभा गर्ने भएको छ। अध्यक्ष स्वयं समितिको निर्णय विपरित गएर काम गर्न थालेपछि सामूहिक राजिनामा दिएर नयाँ कार्यसमिति चयनको प्रक्रियामा जानुपरेको एक भूसेवा सञ्चालकले बताए। यसअघि वित्तीय संस्थाहरूले सेवाग्राहीको सम्पत्ति रोक्का गर्दा चर्को कमिसन माग्न थालेपछि पारदर्शिता कायम गर्न आलोपालो प्रणाली लागू गरिएको थियो। तर पछिल्लो समय अध्यक्ष जैसी स्वयंले मालपोत कार्यालय मेहेलकुनाको कम्प्युटर फाँटसँग सेटिङ गरि कमिसनमा काम गर्न थालेपछि समितिले जैसीलाई हटाउने प्रक्रिया थालेको हो।

आइतबार सामूहिक राजिनामा दिएसँगै नयाँ समिति चयनको प्रक्रियामा गएको र भू सेवा केन्द्रहरूले प्रवाह गर्ने सेवामा व्यवसाय झल्किने तर विचौलियापन नझल्किने गरि यस अघि गरिएको आलोपालो प्रणाली निरन्तर कायम रहने कार्यसमितिका एकजना पदाधिकारीले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।