शुभाघाट शहरी खानेपानीको परिक्षण सुरु

पढ्नै पर्ने

सुर्खेत। शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिक्षण सुरु गरेको छ। संस्थाले सोमबारबाट पानी परिक्षण सुरुवात गरेको हो। 

एडीबीको सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागबाट निर्माणाधीन रहेको गुर्भाकोट नगरपालिकास्थित शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पालिकाका वडा नं ६, ७, ८ र ९ मा शुद्ध पिउनेपानी वितरण गर्नेछ।

मेहेलकुनाको खटाङ स्थित ४ वटा सम्पवेलबाट विधिवत रुपमा सोमवारदेखि पानी परिक्षण सुरु गरिएको संस्थाका लेखा अधिकृत शेर बहादुर पौडेलले बताए। अब क्रमश पम्पिङ गरेर पानी प्रसोधन गृह, विभिन्न ट्याङ्किहरु, डिस्ट्रिब्यसन लाईन, ट्रान्समिटर लाइन हुँदै घरघरमा परिक्षण गर्दै जाने र यही चैत्र मसान्त भित्र पूर्णरुपमा पिउन योग्य पानी वितरण गरिने पनि पौडेलले बताए।

दुई चरणको कोरोना तथा अतिवृष्टिका कारण केही ढिला भएपनि थपिएको समय सिमा भित्रै पानी सञ्चालनमा ल्याउने तयारी गरिएको निर्माण व्यवसायी आशिष क्याबका  साइट इन्जिनियर बसन्त रायमाझीले बताए। संस्थाकी अध्यक्ष मैना वि.क.ले निरन्तरको प्रयासपछि पालिकाको ६,७,८ र ९ नम्बरका वडावासीहरूको दशकौँ देखिको शुद्ध पिउने पाउने आवश्यकता पुरा हुन लागेकोमा खुसी व्यक्त गरिन।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!