सुर्खेत। मालपोत कार्यालय मेहेलकुनाको क्षेत्राधिकार थपिएको छ। पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले सुर्खेत जिल्लाको साविकका लेकफर्सा, काफलकोट र लेखपराजुल गा.वि.स.हरुको जग्गा प्रशासन सम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहेलकुनालाई हस्तान्तरण गरि सेवा सञ्चालन गर्नेदिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार मालपोत कार्यालय वीरेन्द्रनगर सुर्खेतबाट हुँदै आएका साबिकका काफलकोट, लेखपराजुल, लेखफर्सा (लेखफर्सा, दशरथपुर, नेटा) का जग्गा प्रशासन सम्बन्धी सम्पूर्ण कामहरू माघ १३ गते बिहीवारबाट मालपोत कार्यालय मेहेलकुना सुर्खेत र नापी कार्यालय मेहेलकुना सुर्खेतबाट हुने मालपोत कार्यालय मेहेलकुनाका मालपोत अधिकृत कृष्ण प्रसाद पोखरेलले बताए।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।