राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

पढ्नै पर्ने


सुर्खेत। राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। बुधवार सम्पन्न निर्वाचनबाट महिलातर्फ नेपाली काङ्ग्रेसकी दुर्गा गुरुङ विजयी भइन। गुरुङले स्थानीय तहका १ सय ९ र प्रदेशका २१ गरि कुल २ हजार ९ सय ७० मत प्राप्त गरिन। महिलातर्फ उपविजेता बनेकी नेकपा एमालेकी उम्मेदवार गङ्गा थापा महतले स्थानीय तहका ४४ र प्रदेशका १३ गरि जम्मा १ हजार ४ सय १६ मत प्राप्त गरिन।

अपांग र अल्पङ्ख्यकमा नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी बने। विष्टले स्थानीय १११ र प्रदेश २१ गरि कुल ३ हजार ६ मत प्राप्त गरे। अपांग र अल्पसङ्ख्यकमा उपविजेता बनेका नेकपा एमालेका उम्मेदवार पदम माझीले स्थानीय तहको ४३ र प्रदेशको १३ गरी कुल १ हजार ३ सय ९८ मत मात्र प्राप्त गरे।

यस्तै अन्यतर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार उदय बहादुर बोहोरा विजयी बने। बोहोराले स्थानीय १११ र प्रदेश २१ गरि कुल ३ हजार ६ मत प्राप्त गरे। अन्यतर्फ उपविजेता बनेका नेकपा एमालेका उम्मेदवार चुडामणि शर्माले स्थानीय तहका ४४ र प्रदेश १३ गरि कुल १ हजार ४ सय १६ मत मात्र प्राप्त गरे।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!