मुख्यमन्त्रीको सम्पत्तिः नगद १ करोड २० लाख, ५६ तोला सुन

हुम्ला, नेपालगञ्ज र काठमाडौंमा सयौँ रोपनी जमिन, झण्डै १ करोडको कार

पढ्नै पर्ने

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री शाहीसँग विभिन्न बैंक तथा वित्तिय संस्थाहरूमा १ करोड २० लाख नगद रहेको उल्लेख छ। मुख्यमन्त्री भएको करिब चार महिनापछि सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । 


मुख्यमन्त्री शाहीको हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्गमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ वर्गमिटर क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ वर्गमिटर क्षेत्रफलमा ३ वटा घर रहेका छन्। यसैगरी हुम्लामा २ सय रोपनी, बाँकेको खजुरामा २ बिघा, बाँकेकै नेपालगञ्जमा घडेरी र काठमाडौंको चन्द्रागिरीमा श्रीमती बसन्ती शाहीको नाममा जग्गा रहेको छ।


यो सम्पत्ति सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन्। चौँरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

मुख्यमन्त्री शाहीले आफ्नो कुल १ करोड ७२ लाख ऋण रहेको पनि उल्लेख गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।