गुर्भाकोटमा ईलाका प्रशासन र ईलाका प्रहरी कार्यालय स्थापना हुने (भिडियो सहित)

पढ्नै पर्ने

सुर्खेत। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। शुक्रवार गुर्भाकोट नगरपालिकाको दशौं नगर सभाको शून्य समयमा बोल्ने सदस्यहरुले चासो राखेपछि सभाका अध्यक्ष तथा नगर प्रमुख पुनले ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि पूर्वी सुर्खेतका बासिन्दालाई सहज होस भन्नका लागि ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाईएको नगर प्रमुख पुनले बताए। पुनका अनुसार गुर्भाकोटको मेहेलकुनामा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला सुरक्षा समिति सुर्खेतले गृह मन्त्रालयमा सिफारिस समेत गरिसकेको छ। हेर्नुस भिडियो;

ईलाका प्रशासन कार्यालय स्थापनाका लागि निरन्तर पहल गर्दै प्रक्रिया अघि बढेको र छिट्टै सरकारले मेहेलकुनामा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि निर्णय गर्ने नगर प्रमुख पुनले विश्वास व्यक्त गरे।

नगरप्रमुख पुनले बढ्दो शहरीकरण र जनघनत्वलाई मध्यनजर गर्दै मेहेलकुना प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरउन्नति र गुर्भाकोट ६ को बडाखोलीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि पनि पहल थालिएको बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।