रचना रिमाललाई “निन्द्रै लागेन” (भिडियो सहित)

पढ्नै पर्ने

काठमाडौं। चर्चित गायिका रचना रिमालको स्वरमा “निन्द्रै लागेन” बोलको गीत सार्वजनिक भएको छ। गायिका रिमाल र गायक सन्तोष रुचालको स्वरमा सजिएको गीतको भिडियो मङ्गलवार “हरिस क्रियसन” नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

“निन्द्रै लागेन”को शब्द रचना हरि प्रसाद गौतमले गरेका हुन्। डान्स प्याटर्नको उक्त गीतमा गायक सन्तोष रुचाल आफैले संगीत दिएका छन्। गीतको सार्वजनिक गरिएको भिडियोको छायांकन सागर पौडेल र सम्पादन शीलन लम्सालले गरेका हुन्।

मोडल उषा उप्रेती, केशव भट्टराई र केबी डान्स क्रु फिचर गरिएको भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!