सुर्खेत प्रशासनले बार अनुसार सेवा प्रवाह गर्ने, सेवा लिन खोप कार्ड अनिवार्य

पढ्नै पर्ने

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहका लागि स्थानीय तह अनुसार दिन तोकेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहमा भिडभाड बढेको र कार्यालयबाट सेवा प्रवाह हुने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहित मतदाता नामावली, विद्युतीय राहदानी सेवा कार्यका लागि दिन तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कार्यालयले आइतबार र शुक्रवार लेकबेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका सेवाग्राहीका लागि मात्र सेवा प्रवाह गर्ने छ।  यस्तै मंगलबार वीरेन्द्रनगर नगरपालिकाका र सोमबार र मंगलबार भेरीगङ्गा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन्।

गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, र चौकुने गाउँपालिकाका सेवाग्राहीले बुधवार र बिहीबार  मात्र सेवा लिन पाउने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।