हिमपातका कारण लिमीका तीन गाउँ सम्पर्कविहीन

पढ्नै पर्ने

सिमकोट। हुम्लाको उत्तरी क्षेत्र हिमालपारीको गाउँ लिमीसँग सञ्चार सम्पर्क विच्छेद भएको छ। दुईदिनदेखि निरन्तर हिमपात भएका कारण नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा र वर्ल्ड लिंकको इन्टरनेट सेवाले काम नगर्दा लिमीसँगको सञ्चार सम्पर्क विच्छेद भएको हो।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले हिमपात भइरहेकाकारण घाम नलागेकोले सञ्चार उपकरण चार्ज गर्ने पावरले काम नगर्दा लिमी सम्पर्कविहीन भएको बताए। लिमीका तीन गाउँ तील, हल्जी र जाँङ गरि एक लाइन भिस्याट फोन सञ्चालनमा थियो। नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको राईको भनाई छ।

लिमी जानका लागि दुई वटा नाका नारा र न्यालु लेकमा हिमपातले बाटो अवरुद्ध भएकाकारण आवतजावत बन्द भएको बताउँदै उनले मौसममा सुधार आएर घाम नलागेसम्म लिमीसँग सम्पर्क नहुँने अवस्था रहेको बताए। राईले लिमीका तीन गाउँमा मात्र नभइ चाला, यारी, मुचु लगायतका झण्डै एक दर्जन गाउँसँग सम्पर्क टुटेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।