ग्लोबल आईएमई बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

पढ्नै पर्ने

सुर्खेत। ग्लोबल आईएमई बैंकले एकदिने वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आइतबार गुर्भाकोटको मेहलकुनामा वित्तिय साक्षरता तथा डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गरेको हो। 

बैंकका सेवाग्राही तथा ग्राहकलाई प्रविधिमैत्री बनाउन र नगद रहित कारोबारका लागि प्रोत्साहित गर्न साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको बैंकका गुर्भाकोट शाखा प्रमुख पदम तिमिल्सेनाले बताए।

कार्यक्रममा बैंककी अपरेसन हेड अनामिका सिंहले ग्लोबल आईएमई बैंक स्थापनाको १५ वर्षमै देशको सबैभन्दा बढी पुँजी भएको नं. १ बैंक भएको जानकारी दिइन। उनले ग्राहकको विश्वासका कारण नै आज बैंक देशकै ठूलो बैंक भएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान देशका विभिन्न ठाउँमा वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गर्दै हिँडेको बताइन।

बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसनको प्रयोग, यसको सुरक्षा र प्रयोगबारे बैंकका कर्मचारी विजय सापकोटाले प्रस्तुती दिएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!