काँग्रेस महाधिवेशनः उपसभापतिमा खड्का, गुरुङ, भण्डारी र गच्छदारको कडा टक्कर

पढ्नै पर्ने

काठमाण्डौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको उपसभापति पद तर्फको मतगणनामा उपाध्यक्ष पदका प्रत्यासीहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ। उपसभापति पदका लागि धनराज गुरुङ, पूर्ण बहादुर खड्का, डा. चन्द्र भण्डारी र विजय गच्छदारबीच कडा टक्कर देखिएको हो।

हालसम्म १५०० मतपत्र गन्दा धनराज गुरुङले ५८८ मत प्राप्त गरी अग्रस्थान लिएका छन्। पूर्णबहादुर खड्काले ५४४ मत, चन्द्र भण्डारीले ५०१ मत र विजयकुमार गच्छदारले ५०० मत प्राप्त गरेका छन्।

उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का, शेखर कोइराला समूहबाट भण्डारी र गुरुङ रहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।