Monday, December 9, 2024
spot_img

गुर्भाकोटमा पनि सातौँ उद्योग दिवस मनाइयो

सुर्खेत। सातौँ उद्योग दिवस गुर्भाकोट नगरपालिकामा पनि मनाइएको छ। बिहीवार गुर्भाकोट नगरपालिकाको हलमा एक कार्यक्रम आयोजना गरि उद्योग दिवस मनाइएको हो। 

उद्योग दिवस मनाउन आयोजित कार्यक्रमकी प्रमुख अथिती  तथा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले उद्यमशील समाज निर्माणका लागि सीप विकासका कार्यक्रमहरु अपरिहार्य रहेको र सीपयुक्त जनशक्तिले उद्योग सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन। साना उद्यमीहरूको सिप विकासका लागि नगरपालिकाले निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन।

कार्यक्रमका विशिष्ट अथिती गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खत्रीले नगरवासीको आर्थिकस्तर उकास्न उत्पादनमा जोड दिनुपर्ने धारणा राख्दै पालिका भित्रका उद्योगहरूलाई समुन्नत बनाउन आर्थिक तथा नीतिगत सहयोग नगरपालिकाले गरिरहेको बताए।

गुर्भाकोट नगरपालिकाको  उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाकी प्रमुख आइती चौधरीले आफ्नो शाखाले नगरपालिकाभित्रका उद्योगहरू दर्ता गर्ने र अनुमति दिने मात्र नभई उद्योगी व्यवसायीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभिन्न अनुदानका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको जानकारी दिइन्।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग केन्द्रीय प्रतिनिधि किरण कुमार वि.क. र  गुर्भाकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष ओमप्रकाश बुढाले पनि मन्तव्य राखेका थिए।

सातौँ उद्योग दिवसका अवसरमा नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ गुर्भाकोटले नगरपालिकाको उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाको समन्वयमा कार्यक्रम आयोजना गरेको हो। महासङ्घका अध्यक्ष खगेन्द्र सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासङ्घका महासचिव लालबहादुर मिजारले गरेका थिए।

२२ जना उद्यमीहरुलाई सम्मान गरिएको उक्त कार्यक्रम अघि उद्योग दिवसकै अवसर पारेर र्यालीको आयोजना गरेर मेहेलकुना बजार परिक्रमा गरिएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!