सुर्खेत। व्यवसायी तथा समाजसेवी ऋषि प्रसाद शर्माले काँग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। काँग्रेस महाधिवेशन अन्तर्गत सुर्खेतमा आज मंगलवार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्तर्गत केहीबेरमा निर्वाचन हुँदैछ।
शर्माले सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। सुदृढ र सबल काँग्रेस निर्माणका लागि आफूले उम्मेदवारी दिएको शर्माले बताए। सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएका शर्माले काँग्रेस भित्र र बाहिर सहयोगी, समाजसेवी र व्यावसायिक छवि बनाएका छन्।
नेपाली काँग्रेस भित्र महामन्त्री पूर्ण बहादुर खड्काका अत्यन्तै निकट मानिने शर्मा अधिवक्ता समेत हुन।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।