Monday, January 20, 2025
spot_img

कर्णालीका मुख्यमन्त्रीद्वारा राजिनामा, काँग्रेस नेता शाही नयाँ मुख्यमन्त्री बन्ने


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजिनामा दिएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरबाट सोमवार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजिनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा ६ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए। मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएसँगै कांग्रेस प्रदेश सभा संसदीय दलका नेता जीवन बहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।

कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने जानकारी दिए। उनले केही दिनमै नयाँ सरकार गठन हुने बताए।

यसअघि सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकारले समृद्धिको जग बसालेको दाबी गरे। कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको शाहीको भनाई थियो । 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!