सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा गुड्दा गुड्दै आगो लाग्यो

पढ्नै पर्ने

सुर्खेत । सुर्खेतबाट काठमाडौं जाँदै गरेको रात्री बसमा आगलागी भएको छ। काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबाहक बसमा आइतवार बिहान २ बजे आगलागी भएको हो।

आगलागीको कारण भने खुलिसकेको छैन। यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको हो। आगलागीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

आगलागीबाट यात्रुका केही लगेजजले पनि मानवीय क्षति भने भएको छैन। बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।