कोजाग्रत पूर्णिमाका दिन बिदा दिने प्रदेश सरकारको निर्णय

पढ्नै पर्ने

सुर्खेत। कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका अवसरमा कार्तिक ३ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको  गत बैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो।

कोजाग्रत पूर्णिमाका दिन प्रदेशभरिका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!