Monday, January 20, 2025
spot_img

सुर्खेतमा प्रदेश गौरवको आयोजना ‘रङ्गशाला’

 

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश रङ्गशाला निर्माण आयोजनालाई प्रदेश गौरवको आयोजना घोषणा गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आइतवार सार्वजनिक गर्दै दुई कार्यविधि स्वीकृत गरेको बताइन।

प्रवक्ता नेपालीका अनुसार बैठकले ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ स्वीकृत गरेको छ। त्यस्तै दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७८,’ स्वीकृत गर्ने निर्णय गरिएको उनले बताइन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!