सुर्खेतमा २५ गते सम्म लकडाउन थपियो, सवारी साधन जोरबिजोर प्रणालीमा

पढ्नै पर्ने


सुर्खेत। कोरोना संक्रमण नियन्त्रण रोकथामका लागि वैशाख १४ देखि जारी निषेधाज्ञालाई सुर्खेतमा निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहीवार नयाँ आदेश जारी गर्दै २०७८ असार १७ गते राति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेका हुन्।

नयाँ आदेश अनुसार निजी तथा सार्वजनिक सवारी साधन जोरविजोर प्रणाली अनुसार चल्न पाउने भएका छन्। यसैगरी खाद्यान्न लगायतका पसलहरू बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ।

नयाँ आदेशमा सामुदायिक तथा संस्थागत विद्यालयहरूले स्वास्थ्य मापदण्डको पालना गरी स्थानीय तहसँगको समन्वयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नसक्ने उल्लेख छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।