Wednesday, May 22, 2024
spot_img

अस्ताए कांग्रेसका युवा नेता गिरी, सभापति देउवाद्वारा दु:ख व्यक्त

सुर्खेत। नेपाली कांग्रेस सुर्खेतका युवा नेता बेदु गिरीको निधन भएको छ। नेपाली काँग्रेस भेरीगङ्गा नगरपालिकाका नगर सभापति रहेका गिरीको उपचारको क्रममा शनिवार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।

४७ वर्षीय गिरीलाई नेपाली कांग्रेसका उदयमान नेताको रुपमा चिनिन्थ्यो। गिरी क्यान्सरका बिरामी थिए। 

नेपाल विद्यार्थी सङ्घबाट राजनीति शुरु गरेका गिरी सुर्खेतका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुन्। गिरीले लामो समय नेपाल तरुण दल सुर्खेतको अध्यक्षका रुपमा काम गरेका थिए। 

सभापति देउवाद्वारा दु:ख व्यक्त

यसैबीच युवा नेता गिरीको अल्पायुमै भएको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले शनिवार शोक वक्तव्य जारी गर्दै स्वार्गिय गिरीले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको सभापति देउवाले स्मरण गरेको उल्लेख गरेका छन्।

गिरीको निधनबाट पार्टीले  होनहार युवा नेतालाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ। स्वर्गीय गिरीका श्रीमती र दुई छोरी छन्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!