Monday, December 9, 2024
spot_img

सुर्खेतको गुर्भाकोटबाट ‘रेडियो आरम्भ’ प्रसारण हुने


सुर्खेत। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट एफ एम रेडियो प्रसारण हुने भएको छ। गुर्भाकोटको मुख्य बजार मेहेलकुनाबाट ५०० वाट क्षमताको रेडियो आरम्भ प्रसारण हुने रेडियोको सञ्चालक संस्था चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले जनाएको छ।

नेपालमा सञ्चारमाध्यमको तिव्र विकास हुँदा पनि पूर्वी सुर्खेतमा यसअघि सञ्चार माध्यमहरूको स्थापना भएको थिएन। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखाले गत वैशाख १६ गते सचिवस्तरीय निर्णय गरि रेडियो आरम्भलाई फ्रिक्वेन्सी उपलब्ध गराएपछि पूर्वी सुर्खेतमा एफएम ब्याण्डमा रेडियो प्रसारण हुने भएको हो। सरकारले रेडियो आरम्भका लागि एफएम ब्याण्डको ९७.५ मेगाहर्ज फ्रिक्वेन्सी व्यवस्थापन गरेको छ।

कोरोना महामारीका कारण उपकरण आयात लगायतका कार्यहरूमा ढिलाई भएका कारण रेडियोको प्रसारण पछाडि धकेलिएको हो। परिस्थिति सहज बन्दै जान लागेकाले यसै महिना भित्र रेडियोले आफ्नो परिक्षण प्रसारण आरम्भ गर्ने रेडियोका कार्यकारी निर्देशक सूर्यदीप रेग्मीले बताए। रेग्मीका अनुसार पछिल्ला प्रविधिहरूको समुचित प्रयोग गर्दै रेडियो आरम्भलाई सुन्ने र हेर्ने रेडियोका रुपमा विकास गरिने छ।

पूर्वी सुर्खेतमा रेडियोको स्थापनासँगै यसक्षेत्रका नागरिकहरूले सत्य, तथ्य सूचना, समाचार र शिक्षामूलक तथा चेतनामूलक कार्यक्रमहरू सुन्न र हेर्न पाउने भएका छन्। रेडियोको सञ्चालक संस्था चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले यसअघिनै सुर्खेतको गुर्भाकोटबाट कर्णाली पोस्ट डटकम नामको डिजिटल पत्रिकाको प्रकाशन सुरु गरिसकेको छ। 

रेडियो आरम्भको अफिसियल फेसबुक पेज

https://www.facebook.com/radioaarambha

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!