कांग्रेस पदाधिकारी बैठकः महाधिवेशनको मिति र कार्यतालिका हेरफेर

पढ्नै पर्ने

काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

पदाधिकारी बैठकको यो निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए। काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो। सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो।

महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ।

यसअघि गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।