पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री पदमा नियुक्त भएका छन्। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार शनिवार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
यस अघि प्रदेश प्रमुख पौडेलले शुक्रवार मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश सभामा रहेका दलहरुलाई २४ घण्टाको समय दिएर आह्वान गरेकी थिईन। प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेको २ घण्टामै विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। उनलाई प्रदेश सभामा एमाले बाहेकका दल र सांसदहरुले समर्थन गरेका छन्।
संवैधानिक व्यवस्था अनुसार नवनियुक्त मुख्यमन्त्री पोखरेलले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्नेछ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।