प्रकाश ज्वाला सहित ४ सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

पढ्नै पर्ने


सुर्खेत। कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाइदिने चारजना एमाले सांसदहरुलाई पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको छ। पार्टीको ह्वीप उल्लंघन गरेपछि माधव नेपाल निकट चारजना सांसदहरुलाई एमालेले प्रदेश सभालाई पत्र लेखी पदमुक्त गरेको थियो।

सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले आफूहरू माथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलागेसम्म चारैजनालाई कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो।

ह्वीप उल्लंघन गर्ने प्रकाश ज्वाला बाहेकका तीनजनालाई मुख्यमन्त्री शाहीले मन्त्री पदमा नियुक्त गरेका छन्।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।