Monday, October 7, 2024
spot_img

बजेट तथा नीति कार्यक्रमका लागि कालिमाटी गाउँपालिकाले माग्यो सुझाव

सल्यान। कालिमाटी गाउँपालिकाले बजेट तथा नीति कार्यक्रमका लागि सुझाव माग गरेको छ। आर्थिक वर्ष २०७८ ०७९ को नीति कार्यक्रम तथा बजेट निर्माणको लागि भन्दै पालिकाले बुधवार सूचना जारी गरि सुझाव माग गरेको हो।

नेपालको संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधान, पन्ध्रौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्यको स्थानीयकरण, कर्णाली प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना, दीर्घकालीन सोच, लक्ष्य तथा उद्देश्यसँग तादम्यता हुनेगरि कालिमाटी गाउँपालिकाको आवश्यकता, साधन श्रोतको उपलब्धता, संस्थागत क्षमता समेतको आधारमा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विषयवस्तु र दीर्घकालीन सोचका सम्बन्धमा सुझाव माग गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए।

खत्रीका अनुसार सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, वुद्यिजिवी, पेसाविद्, शिक्षक/ कर्मचारी, सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायी, पत्रकार एवं स्वदेश तथा विदेशमा रहेका  सरोकारवाला आमनागरिकहरुले सुझाव पेश गर्न सक्नेछन्।

सुझाव जेठ ३१ भित्र पठाइसक्न गाउँपालिकाले अनुरोध गरेको छ। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!