दैलेख। कर्णालीप्रदेश सरकारका भूमिव्यवस्था, कृषितथा सहकारीमन्त्री बिमला केसीले सहकारी सामाजिक तथा साँस्कृतिक रुपान्तरणको अभियान बन्नुपर्नेमा जोड दिएकी छन्। नारायण नगरपालिका–८ दैलेखमाअवस्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निर्मित डेरी उद्योगको उद्घाटन गर्दै कृषिमन्त्री केसीले सहकारीको अभियानले जनताको आर्थिक, सामाजिकतथा साँस्कृतिक रुपान्तरण हुने बताईन।
कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले डेरी उद्योग सञ्चालनले किसानको दूधको बजारीकरण भएको बताए। शेयर सदस्य मोटाउने खालको सहकारीलाई सरकारले प्राथमिकता नदिएको उनको भनाइ थियो । कृषिमन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले शहरको पैसा गाउँभित्र्याउने माध्यम डेरी उद्योग भएको प्रतिक्रिया दिए।
रु दुई करोड ५० लाखमा डेरी उद्योग सञ्चालन
राष्ट्रसेवक तथा उनीहरूका परिवार शेयर सदस्यभएको सोे बहुउद्देश्यीय सहकारीले रु दुई करोड ५० लाखमा डेरी उद्योग सञ्चालन गरेको छ । सहकारीका अध्यक्ष खमबहादुर थापाले विसं २०६४ पुस १६ गते स्थापना भएको र हाल आएर सबै किसानलाई समेट्न सकिएको बताए। सहकारीले प्रदेश सरकारको रु एक करोड दलित लक्षित वर्ग विशेष कार्यक्रम र नारायण नगरपालिका दैलखको रु ४०÷४० लाख, भैँसी पालन किसान साझोदरीको रु १२ लाख १० हजार र सहकारीको आफ्नै रु ५८ लाख ५७ हजार नारायण नगरपालिका दैलेख (प्रयास÷हेल्भटास) को रु ११ लाखबाट दुग्धचिस्यान केन्द्र निर्माण भएको उल्लेख गरेको छ ।
सहकारीका व्यवस्थापक भूपेन्द्र खड्काले संस्थामा बहाल तथा निवृतिभरण भएका राष्ट्रसेवक र उनीहरूका परिवारसहित गरी ६६८ शेयर सदस्यरहेको बताए। रु ६० मा प्रतिदिन ३०० लिटर सहकारीमा दूध सङ्कलन हुने जनाउँदै उनले नारायण नगरपालिका–३ दैलेखका ४० दलित घर परिवारलाई एक÷एक भैँसी वितरण गरेर ‘भैँसीपालक नमूना’ बस्ती बनाइएको जानकारी दिए।
भैँसीपालक कृषक गणेश केसीले दैनिक छ लिटर दूध डेरी उद्योगलाई बेच्ने गरेको बताए। दूधको मूल्य भने अपेक्षा गरे जति नपाइएको र त्यसका लागि आवाज उठाउँदै आएको उनले बताए । शुक्रबार दैलेख पुगेकी सहकारीमन्त्री केसीले प्रदेश सरकारअन्तरगत दैलेखमा सञ्चालन भएका दलित लक्षित तथा विपन्न विशेष कार्यक्रम, चक्लाबन्दी खेती प्रोत्साहन अनुदान कार्यक्रम, पशु अस्पताल तथापशु सेवा र कृषि विकास कार्यालयको कार्य सम्पादनबारे अनुगमन गरेकी थिईन।