परेवालाई शान्तिको प्रतिक मानिन्छ । बजारमा परेवाको मूल्य १ हजार आसपास पर्दछ । तर विश्वमा एक यस्तो परेवा छ जसको मूल्य बजारका आम परेवाको मूल्यमा भन्दा कैयौं गुणा महंगो पर्दछ ।
हेर्दा सामान्य देखिने यो परेवा आम परेवा भने होइन । यो हालैमा साढे १८ करोडमा लिलामी भएको परेवा हो । जसलाई चीनका धनाढ्यले बेल्जियमको पीपा पीजन सेन्टरमा लिलामी मार्फत किनेका थिए ।
बेल्जियन प्रजातिको यो परेको नाम न्यु किम हो । यसको खरिद गर्न दुई चिनियाँले बोली लगाएका थिए । उनीहरुले आफ्नो पहिचान गोप्य राख्दै सुपर डुपर र हिटमैनको नामबाट बोली लगाएका थिए ।
सुरुमा यस परेकोको लिलामीमा हिटमैनले बोली लगाएका थिए र पछि सुपरडुपरले १ दशमलव ६ मिलियन यूएस डलरको बोली लगाएर परेवा खरिद गरे ।
यो परेवा महंगो हुनुमा यसको विशेषता यो तीव्र गतिमा उड्न सक्छ । यो १५ बर्षसम्म जीवित रहन सक्छ । यो परेवा रेसमा भाग लिने गर्दछ । जसमाथी मानिसहरु अनलाइनमा सट्टा लगाउने गर्दछन् । अर्थात यो घोडाको रेस झै हुन्छ । यस जातका परेवा द्वितीय विश्वयुद्धका दौर सूचना पुर्याउन प्रयोग हुन्थे ।